इटहरी :पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या १०,०९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २,२३५ जना डिस्चार्ज भएका छन् । आज मात्रै ७६ जना निको भएर घर फर्केका छन् ।