इटहरीः जगत गुरु बालसन्त मोहनशरण देवार्चायले शास्त्रीय आधारमा पनि लिपुलेक, कालापानी नेपालकै भएको बताएका छन् । टिभि टुडेमा प्रबचन दिदैं उनले यस्तो बताएका हुन् । लिपुलेक मानस खण्डको आधारमा नेपालको धर्तीमा पर्छ भन्ने कुरा प्रष्ट रहेको बताएका छन् । पुराणमा लिपि पर्वत रहेको बताउँदैं त्यस ठाउँमा यक्षराज कुबेरले त्यहां यज्ञ गर्नु भयो,यज्ञमा बेदब्यास आफैं बन्नु भो यज्ञचार्य, त्यहाँ पानीको अभाव थियो । यक्षराज कुबेरको दरबार दार्चुलामा बसेर बेदब्यासले भगवान् शिवको पाउ पर्नू भो, शङ्कर भगवान् प्रकट हुनु भएको जगतगुरु बालसन्तले बताएका छन् ।

भगवान् शङ्करले ब्यासलाई के चाहिन्छ भनेर प्रश्न गर्दा यस ठाउँमा पानीको अभाव भयो । यति भनेपछि शंकर भगवान्ले आफ्नो जट्टाबाट गङ्गा झार्न खोज्दा गङ्गा जी झर्नु भएन । शंकर धेरै रिसाएपछि हातमा त्रिशुल लिएर आफ्नो जट्टामा प्रहार गर्नु भएकाे उनले बताए । गङ्गा जी डरले लगलग काम्दै कालो बर्ण भएर लिपुलेकमा झर्नु भएकाे शास्त्रमै उल्लेख गरेकाे उनले बताए  । महाकाल रुद्रको जट्टाबाट पैदा भएकीले गङ्गाजीको नाम पनि महाकाली रहेको उनले बताए ।

उनले शास्त्रीय आधारमा लिपुलेक भनेको दार्चुला जिल्लाको दारुक वनमा पर्ने बताए । ृ दारुक वन भनेको नेपालमा पर्छ । जहाँ नागेश्वर ज्योतिरलिङ्ग र मल्लेकाल ज्योतिर लिङ्ग महाकाली र लिपुलेक पर्दछ । त्यहाँ बेदब्यासको आश्रम छ । त्यस ठाउँमा अहिले त झन् ब्यास गाउँपालिका नै रहेको जगतगुरु बालसन्तले बताए । उनका अनुसार त्यहाँ ब्यास गुफा छ । त्यहाँका स्थानीयको थरपनि ब्यासी लेखिएको छ । यसको सबै प्रमाण पुराणमा रहेको उनले बताए ।