इटहरीः हिजो दिउँसो देखि धरान उपमहानगरपालिकाको उत्तरी सीमानामा रहेको साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ कोल्बोटे क्षेत्रबाट जंगलमा लागेको आँगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आँगो नियन्त्रणका लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना , दमलका कर्मचारी र स्थानीय निरन्तर लागेपनि अझै नियन्त्रणमा आउन नसकेको आँगो नियन्त्रणमा खटिरहेका होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
उनका अनुसार छिमेकी गाउँपालिका साँगुरीगढी ६ स्थित कोल्बोटो क्षेत्रबाट शुरु भएको डढेलो चौबिस घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आँगो भेडेटारमा रहेको पाथीभरा मन्दिर नजिक आईपुगेको छ ।

92123926_249337822885616_6741749944794742784_n

अहिले सम्ममा डढेलो करिब ७० क्वार किलोमिटर भन्दा ठुलो क्षेत्रफलमा लागिसकेको छ । नियन्त्रणको लागि फायर लाइनहरु बनाएर प्रयास भइरहेको राईले बताए । कल्बोटे क्षेत्रबाट हिजो दिउसोबाट सल्किएको आँगो खरबारी भएकोले कारण छिटो छिटो फैलिरहेको राईले जनाए । सबै खालका शक्ति प्रयोग गरेर आँगो नियन्त्रणको प्रयास गर्दा पनि नियन्त्रण हुने नसकेको राईको भनाई छ । आँगोले के कति क्षति गर्यो भन्ने यकिन गर्ने अवस्था नरहेको राईको भनाई छ ।
उता तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित जंगलमा पनि अहिले भिषण आगलागी भइरहेको नगर प्रमुख अर्जुन माबुहाङले बताए । सोल्माको हात्तिआहाल र सुङनामको नगरतप्पाबीचको जंगलमा आगलागी भइरहेको उनले बताए । लागेको आँगो नियन्त्रण गर्ने प्रयासमा प्रहरीसंगै स्थानीय पनि लागि रहेको उनले जनाए ।