इटहरीः ताप्लेजुङको फक्तालुङ गाँउपालिका वडा नम्बर ६ खेतिखोलामा स्काईभेटरलाई सुख्खा पहिरोले पुर्दा स्काईभेटर चालकको घटना स्थलमै मृत्यु भएको छ ।
खेतीखोला स्थित नँया निर्माणाधिन उत्तर दक्षिण दोभान ( ओलाङचुङगोला सडकखण्ड) मा सडक निर्माण कार्य गरिरहेको नम्बर नखुलेको स्काईभेटरलाई अचानक आएको सुख्खा पहिरो पुरेको प्रदेश नम्बर एक ट्राफिक कार्यालय इटहरीले जनाएको छ । सुख्खा पहिरोले सो स्काईभेटर सडकसंगै १०० मिटर तल तमोर नदीमा खसको प्रहरीले जनाएको छ ।
स्काईभेटरका चालक चितवनको ईच्छा मनकामना गाँउपालिका ३ ३ सौराहा निवासी २७ बर्षीय चित्र कुमार गुरुङको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउन साथ प्रहरी चौंकी लेलेङबाट प्रहरी सहायकको टोलि खटिएको थियो । स्काईभेटर पुर्णरुपमा क्षति भई घट्नास्थलमै रहेको छ । घट्नास्थल ताप्लेजुङबाट ८५ किलोमिटर उत्तर पर्ने प्रहरीले जनाएको छ ।