गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड १९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ।
कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ।
सङ्क्रमणकाल
मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ।
त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।
यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।
#बिबिसिबाट




















