धरान : २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ ।

धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङले चौथो पटक बुढासुब्बा गोल्डकप जित्न सफल भएको हो । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।