बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुल बाट हाम्फालेर एकजना युवा बेपत्ता भएका छन् ।
इटहरी ९ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हाम फालेका हुन् ।
कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, १० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।कोशी पुल माथि आँफ्रूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाम्फालेको स्थानीयले बताए ।

हामफाले लगत्तै सशस्त्र प्रहरी चतरा, ईलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। दुई वटा जेटबोटको सहायताले खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनी लामो समय अगाडी देखि  इटहरीको प्रगति चौंकमा बानियाँ होटल संचालन  सञ्चालन गर्दै आएका थिए ।

बाँनियाले हामफाल्नु अघि प्रेमिकाको फुलमालाको फोटो हाल्दै फेसबुकमा यस्तो लेखेका थिए 

rajesh pradeshportal status

84948969_954881051580551_5936742884475666432_n