भोजपुर : गत शनिबार बिहान खाना खाएर घरबाट निस्केका टेम्केमैयूङ गाउँपालिका वडा नं. ९ पाचँधारे घर भएका तेन्जी शेर्पा आज सम्म घर नफर्के पछि परिवारले खोजि गरिदिन आग्रह गरेका छन् ।


लामो समय देखि शिक्षण पेसामा आबद्ध शेर्पा हाल भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका वडा नं.९ स्थित ज्ञानोदय आधारभुत विद्यालय वैराङमा कार्यरत रहेका थिए । शेर्पाको अहिले सम्म काँहीकतैबाट खोजिखबर  नआएपछि सोही विद्यालयका प्रधानाध्यापक ज्ञानु चाम्लिङ राईले सबै महानुभावलाई खोजी गरि नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन् ।