इटहरीःआफ्नै एक अनुयायी महिलालाई बलात्कार गरेको मुद्धामा कृष्णबहादुर गिरी(कृष्णदास)लाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत सुनसरीको निर्णय प्रति आपत्ती जनाउदै महिला अधिकारकर्मीहरुले बुधबार सुनसरीको चतरामा विरोध र्याली गरेका छन् ।
बराहक्षेत्र नगरपालिका स्थित चतराको बिहिबारे बजारबाट करिब ४ सय जना महिलाहरुको विरोध र्यालीले सो क्षेत्रको बिभिन्न स्थानको परिक्रमा गरेको थियो । कृष्णदास बस्ने आश्रमसम्म पुगेर फर्किएको र्यालीमा बलात्कारी कृष्णदासलाई थुनामै राखेर कार्वाही गर, पिडित महिलालाई न्याय दे, बलात्कारी कृष्णदास चतरा छोड, न्यायप्रेमी चतरावासी एक हौं, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाउदै महिलाहरुले चतरा बजार परिक्रममा गरेका थिए ।
स्थानीय महिला संञ्जाल, आमा समूह र स्थानीय अधिकारकर्मी महिलाहरुले संयुक्त रुपमा आयोजना गरिएको विरोध र्यालीमा सम्बोधन गर्दै संविधानसभा सदस्य अनिता परियारले कृष्णदास बलात्कार प्रकरणमा जिल्ला अदालत सुनसरीका प्रमुख न्यायधिश राधाकृष्ण उप्रेतीले गरेको थुनछेक आदेशको निर्णय खेद जनक भएको बताइन् । उनले अदालतको निर्णयले नेपालका सबै महिलाहरुको अस्मितामाथि ठूलो खेलवाड गर्ने काम गरेको बताइन् । उनले जिल्ला अदालतको निर्णय अन्तिम नभएकाले सर्वोच्चसम्म पुगेर जिल्ला अदालतको निर्णय विरुद्ध लड्ने बताइन् ।

81728768_612123082950289_4980310150771376128_n
महिला अधिकारकर्मी शान्ति गजमेरले कृष्णदासबाट बलात्कृत भएकी पिडित महिलालाई न्यायको अनुभूति हुने खालको नभई थप अन्याय हुने गरि अदालतले गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुने बताइन् । पिडित महिलालाई जसरी भएपनि न्याय दिलाउने र बलात्कारमा संलग्न कृष्णदासलाई हदैसम्मको कानूनी कार्वाहीका लागि आफुहरु पछि नहट्ने उनले बताइन् ।
महिला संञ्जाल चतराकी अध्यक्ष सीता पौडेलले कृष्णदासलाई चतरा टेक्न नदिने चेतावनी दिइन् । कृष्णदासको सुरुका दिनहरुबाट आश्रममा खराब गतिविधि गरिरहेको बताउदै उनले चतराका महिला दिदि बहिनीहरुलाई समेत दुई भागमा विभाजन गराएको बताइन् । आश्रममा महिलाहरुमाथि थुप्रै हिंसाका घटनाहरु भएका तर, धर्म र पापको नाममा बाहिर ल्याउन नसकिरहेको उनले बताइन् । अब कृष्णदासका सबै गलत कार्यलाई उजार गरि पिडित महिलाहरुलाई न्याय दिलाउन महिलाहरु एक हुने उनको भनाई थियो । कृष्णदासको आश्रममा बस्ने बाहिरका केही अनुयायीहरुले उसलाई हात्तिमा सवार गराएर चतरा ल्याउने र कृष्णदासका विरुद्ध लाग्ने स्थानीय महिलाहरुलाई त्यसै नछाड्ने भन्दै धम्कीहरु दिदै हिडेको पौडेलले बताइन् ।
पिडित महिललाई न्याय दिलाउन र बलात्कारी कृष्णदासलाई हदैसम्मको सजाय दिलाउनका लागि महिला आधारशिला, ओरेक नेपाल लगायतका महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले कानूनी लडाईमा सहयोग गर्ने महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताइन् ।

81323856_505356973667141_3191816606858608640_n


उच्च अदालतमा मुद्धा दर्ता
कृष्णदास बलात्कार प्रकरणमा सोमबार जिल्ला आदलत सुनसरीले पिडित महिलालाई थप पिडा दिने गरि गरेको निर्णय खारेजीको माग गर्दै बुधबार सरकारी वकिल कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गरेको छ । सरकारी वकिल कार्यालयका प्रमुख गोकुल बहादुर निरौंलाले उच्च अदालतमा मुद्धा दर्ता गरेका हुन् । बुधबार दर्ता गरिएको मुद्धामा यथेष्ट प्रमाण हुँदा हुदै पनि थुनामा राखेर कानूनी प्रकृया अगाडी बढाउनु पर्नेमा सो नगरि धरौटी मागेर बाहिर बसेर मुद्धा खेप्न गरिएको निर्णयको खारेजीको माग गरिएको छ । साथै कृष्णदासलाई पुर्वपक्षमा राखेर मुद्धा अगाडी बढाई कम्तीमा १० बर्ष जेल सजाय तोक्न माग गरिएको छ ।

81069467_433741797507827_1484277887895863296_n