इटहरीःमहिला राष्ट्रपति महिला भएको देशमा आफु पुनः न्याय दिलाउने अदालतबाट बलात्कृत भएको सिद्धबाबा नामले चिनिएका कृष्णबहादुर गिरी(कृष्णदास)बाट बलात्कारको शिकार भएकी पिडित महिलाले बताएकी छन् ।
यथेष्ट प्रमाण हुँदा हुँदै सम्मानित जिल्ला अदालत सुनसरीले कृष्णदासलाई ३ लाख धरौटीमा रिह ागर्ने आदेश दिएर न्याय क्षेत्रकै बदनाम गराउने काम गरिएको उनले बताइन् । उनले भनिन् सारा प्रमाण जुटाएर मुद्धा लड्दा पनि म माथि अन्याय गरियो । के अब न्याय पाउनका लागि मर्नु पर्ने हो ।
सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै साँझ इटहरीमा पत्रकार सम्मेलन गर्दै पीडित महिलाले अदालतले न्याय दिन नसकेको बताईन् । उनले भनिन् अदालत जस्तो सम्मानित निकायले न्याय देला भन्ने सोचेको थिएँ, तर अदालतबाट पनि अन्यायमा परे ।’ उनले अदालतको निर्णयले आफू स्तब्ध भएको बताइन् ।
‘सिद्धबाबा भक्तले बारम्बरा धम्की दिइरहेका छन् । तर न हाम्रा लागि सुरक्षा भयो, न हाम्रा लागि न्याय भयो ।’ पिडित महिलाले भनिन ‘अब मैले न्याय खोज्न कहाँ जाने, अब के मरेपछि मात्रै हो न्याय चाहिन्छ भनेर आवाज उठाउने सारा संसारले ?’
उनले आफू न्यायलयबाट झन पीडित भएको बताइन् ‘म पटक पटक भनिरहेको छु म बलात्कृत भको हो भनेर’ उनले फेरी भनिन् ‘तर किन न्याय पाउदिन् । न्यायधिसले पनि त म माथी अन्याय गर्नुभयो ।’
गिरीले धर्मको खोल ओढेर दर्जनौँ महिलाहरूलाई बलात्कार गरेको बताउँदै उनले धर्मको डरले कयौँ दिदीबहिनीहरू बोल्न नसकेको बताईन् । पत्रकार सम्मेलनमा सहभागी संविधानसभा सदस्य अनिता परियारले अदालतले पीडितलाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाइन् । ‘अदालत बाहिर हामीले पटक–पटक प्रदर्शन पनि गर्यौ, हामीले यस्तो निर्णय आउछ भनेर अलिकति पनि सोचेका थिएनौं।’
महिला सञ्जाल चतराकी अध्यक्ष देउमाया थापा मगरले गिरीलाई चतरामा आए बहिष्कार गर्ने चेतावनी दिइन् । उनले भनिन् ‘हाम्रो धर्मप्रतिको विश्वास टुट्यो, गिरी चतरामा आएर पहिलाको जस्तो रवाफमा बस्छु भनेर कुनै पनि हालतमा नसोचे हुन्छ ।’

जिल्ला अदालत विरुद्ध उच्च अदालतमा निवेदन
जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जिल्ला अदालतका विरुद्ध उच्च अदालत विराटनगरमा निवेदन हाल्ने भएको छ । प्रमाण हुँदा हुँदै गिरीलाई धरौटीमा छाडेपछि बुधबार उच्चमा निवेदन हाल्ने तयारी गरेको जिल्ला न्यायधिवक्ता गोकुल निरौलाले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार गिरीलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आधार प्रमाण पर्याप्त थिए । सिद्धबाबाले टेलिफोन गरी घट्ना स्वीकार गर्नु, घटना पछि महिलालाई हप्काएको स्वीकार गर्नु र घटना अघि महिलालाई पठाएको म्यासेजले गिरीले करणी गरेको प्रमाणित हुने धेरै आधार भएकाले जिल्लाको आदेश विरुद्ध उच्चमा निवेदन हाल्ने तयारी गरेको निरौलाले बताए । आइतबार र सोमबार गिरीको पक्षमा ६ जना र सरकारी वकिलको तर्फबाट आठजनाले बहस गरेका थिए ।

प्रहरीका अनुसन्धान अधिकृत शर्मा सिद्धबाबासंग मिलेको दावी
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जोगाउन सुरुका दिनबाट सुनसरी प्रहरीका डिएसपी विनोद शर्मा लागेको पिडित महिलाले दावी गरेकी छन् । उनले फैसलापछि साँझ इटहरीमा पत्रकार सम्मेलन गरि सो दावी गरेकी हुन् । शर्माले पटक पटक फोन गरेर र काठमाण्डौंमा भेटेर आफुलाई मुद्धा फिर्ता लिन आग्रह गरेको उनले बताइन् । शर्माले कृष्णदासको तर्फबाट पैसा, गाडी र अपार्टमेन्टको प्रलोभन समेत देखाएको उनले दावी गरिन् । त्यसरी शर्माले देखाएको प्रलोभनको अडियो रेकर्ड आफुसंग सुरक्षित रहेको बताइन् ।
उनै शर्माले बयान फेरेको र आफूमाथि अन्याय गरेको उनले आरोप समेत लगाइन् । उनले अब शर्माले गरेका हर्कदका विरुद्ध पनि लड्ने बताइन् ।
सिद्धबाबाका अनुयायीलाई धरौटीमा छुट्ने सूचना फैसला अघि पाउनु शंकास्पद
सोमबारको बहस सुरु हुनु अघि जिल्ला अदालत बाहिर पुगेका कृष्णदासका अनुयायीहरुले आज आफ्ना गुरु छुट्ने भन्दै फुलमाला लिएर बसेका थिए । उनिहरुले इनरुवामै फुल खरिद गरेर स्थानीय एक घरमा गएर त्यसलाई माला उनेको समेत प्रमाण फेला परेको सोही स्थानमा रहेकी अधिकारकर्मी सुशिला उप्रेतीले बताइन् । त्यती मात्रै होइन, इटहरीबाट संचालित न्यूजलय नामको अनलाईनले सिद्धबाबाकै एक अनुयायीलाई सूचनालाई आधार मानेर सुक्रबार नै कृष्णदास धरौटी रिहा हुने खबर प्रकाशनले पनि अदालतले पिडित महिलालाई थप पिडा दिने गरि गरेको फैसालमा धेरै प्रश्न गर्ने ठाँउ रहेको उनको भनाई छ ।