इटहरीः पनौती नगरपालिकालाइ शुन्यका बिरुद्व १० गोलकाे फराकिलो अन्तरले बिराटनगर महानगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघको अायाेजनामा सशत्र प्रहरी बल हलचोक काठमाडौं खेलमैदानमा अाइतवार भएको उपमेयरकप राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा बिराटनगरकाे टाेलीले दाेस्राे पटक पनि बिजयी हुन सफल भएको हाे ।
रेखा पौडेलले पहिलो हाफको २० र ३५ मिनेटमा गाेल गरिन भने दोस्रो हाफको ४, १२र ३२ मिनेटमा गाेल गर्दै जम्मा ५ गोल गरेकी छन् ।साबित्री मगर ले ह्याट्टिक पुरा गरिन जसमा पहिलो हाफको , १२,१५,२८ मिनेट ३ गोल गरिन । त्यस्तै दोस्रो हाफमा २९ मिनटमा सपना मगरले १ गाेल थपिन भने दोस्रो हाफकै ३१ मिनेटमा विराटनगर महानगरपालिका महिला फुटबल टिमकी क्याप्टेन मनमाया लिम्बुले ३१ मिनेटमा १ गोल गरी विजयी भएको विराटनगर महानगरका प्रबक्ता उद्धव अर्यालले जानकारी दिए ।
भोली साेमबारको खेल बिहान ८ बजे सशत्र प्रहरी बल हल चोक मा नुवाकोट नगरपालिका र बिराटनगर महानगरपालिका बिच हुनेछ ।