इटहरीः एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी एरिना प्रीमियर लिग अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाल पुलिस क्लबले ससस्त्र प्रहरीलार्इ ११ रन ले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ वीकेट गुमाएर १४५ रन बनायो ।
उसका लागी दिलिप नाथले २८ बलमा २९ रन बनाए भने सुनिल धमलाले १७ बल मा २० रन बनाए । त्यस्तै अनिल साहले १०० को स्ट्राइक रेटमा ३३ रन बनाए । त्यस्तै एपिएफका लागी यज्ञमान कुमालले २ विकेट लिए भने सागर भण्डारी र दिपेन्द रावतले १–१ वीकेट लिए ।
जवाफमा व्याटिङ गर्न आएको ससस्त्र प्रहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाए पछि ११ रनले पराजय भएको हो । ससस्त्र प्रहरीका लागी अरुन ऐरी ले ३८ रन बनाए भने प्रजल शाहिले २३ रन बनाउँदा सागर भण्डारीले १७ रन बनाए ।
नेपाल पुलिस क्लब का लागी नविन थापाले २ विकेट लिए भने योगेन्द्र कार्की ले १ विकेट लिए । सो खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लब का योगेन्द्र कार्की भए । प्रतियोगितामा आज बिहिबार एरिुना च्यालेन्जर्स बिरूद नेपाल पलिस क्लब विचको खेल रहेको छ ।