सुनसरीः इटहरीमा जारी एरिना प्रिमियर रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती भएको खेलमा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सोमबार राती भएको खेलमा आर्मीले विराटनगरलाई ३२ रनले पराजित गरेको हो ।

इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको थियो । आर्मीको लागि अनिल मण्डलले सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले । राजु रिजालले ३८ रन बनाउँदा हरिकृष्ण झाले २८ रन बनाए । बलिङतर्फ विराटनगरका अमृत मण्डल र सौगात भट्टराईले समान २–२ विकेट लिए ।

arena tv add जवाफमा १ सय ६९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रनमा सीमित भयो । विराटनगरका लागि दीपक पासवानले ४६ रन बनाउँदा पुष्प थापाले ३० रन जोडे ।
बलिङतर्फ आर्मीका हरिकृष्ण झाले र चन्द्र साउदले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच आर्मीका अनिल मण्डल घोषित हँुदै नगद १ हजार पाए । खेलमा विजयी हुने टिमले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा २ विभागीय टिमसहित ८ टोलीको सहभागिता रहेको छ ।