उर्लाबारीः मोरङको उर्लाबारीमा सितेरियो करातेका खेलाडीको जुनियर ग्रेडिङ सम्पन्न भएको छ ।
उर्लाबारी–२ सालबारी डोजोका ५० जना जुनियर खेलाडीको ग्रेडिङ गरिएको हो । कराते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले ग्रेडिङ गराए । उर्लाबारी–६ स्थित राधिका माविमा भएको ग्रेडिङसहित कराते खेलाडीले उर्लाबारी नगर परिक्रमा गरेको प्रशिक्षक चन्द्र धिमालले जानकारी दिए । पूर्वी मोरङमा पछिल्लो समयमा करातेप्रतिको आकर्षण बढ्दै गएको प्रशिक्षक धिमालको भनाइ छ ।
शरीर स्वस्थ राख्नुका लागि साथै स्वदेश– विदेशमा सेना र प्रहरी, चौकीदार, बाउन्सर आदिका रूपमा काम गर्न सितेरियो कराते सिकेका खेलाडीलाई बढी फाइदा हुने भएकाले पनि करातेप्रतिको आकर्षण बढेको उनको अनुभव छ ।
इमानदार, कर्तव्यनिष्ठ, अनुशासित, गुरुचेलाबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि समेत कराते खेल बढी उत्तम रहेको उनको भनाइ छ ।