उर्लाबारीः उर्लाबारी युवा क्लबकोे विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको भेलाले कमल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा विशाल तामाङ, सचिवमा मनोज तामाङ, सह–सचिव राजीव लिम्बू र कोषाध्यक्षमा किरण कार्की रहेका छन् । यसैगरी, सदस्यमा बिजू श्रेष्ठ, रविचन्द्र सुब्बा, युक्ति देवान, सम्झना खड्का, कञ्चन खड्का र भक्त दर्नाल रहेका छन् ।
खेलकुद एवम् सामाजिक कार्यमा सक्रिय रहेको क्लब केही वर्षदेखि निष्क्रिय रहेकाले नयाँ समितिको चयन भएसँगै पुन सक्रिय हुने अपेक्षा गरिएको छ । क्लब २०५८ सालमा स्थापना भएको हो ।