इटहरी/ उत्तरी मोरङको लेटाङ–९ मा छ, श्री माध्यमिक विद्यालय । श्री माध्यमिक विद्यालयको खेलमैदानको दायाँतर्फ विद्यालयको जोखिम तथा सुरक्षित बहिर्गमन गर्नेबारेमा एक बोर्ड टाँसिएको छ ।

बोर्डमा विद्यालय हाताभित्र हुने विभिन्न जोखिमहरू भएमा कसरी बाहिर निस्कने र सुरक्षित हुने भन्ने देखाइएको छ । प्राकृतिक विपत्ति आउँदा जोखिममुक्त हुन सिकाएको बोर्डले विद्यालयको खुला ठाउँमा आएपछि सुरक्षित हुने सङ्केत गर्छ ।

20180814_174403

सुरक्षित बहिर्गमन नक्साले भने विपरीत मङ्गलबार पानी खाएपछि एकाएक विद्यार्थीहरूको सकुशल बहिर्गमन हुन सकेन । विद्यालय हाताभित्रको धारामा पानी खाएर प्राङ्गणमा आए पनि उनीहरू सकुशल हुन सकेनन् । कोही पेट दुखेर थचक्क बस्न थाले । कोही टाउको दुखेर गुनासो गर्न थाले । कसैलाई भने रिँगटा लागेको महसुस हुन थाल्यो ।

पानी खाएका विद्यार्थीहरू एकएक गर्दै समस्यामा परेपछि विद्यालयका प्रधानाध्यापक खेम दुलाललगायतले पानी खाने विद्यार्थीहरू भेला गर्न थाले । कक्षा १ देखि १२ सम्मका सबै कक्षामा पुगेर कसकसले पानी खाएको हो भन्दा ६ जना विद्यार्थीले मात्रै पानी खाएको बताए । विद्यालयले तुरुन्तै एउटा गाडी खोजेर मङ्गलबारे अस्पताल उर्लाबारी पु¥यायो ।

शुरुमा पानी खाए पनि केही नभएको बताउने विद्यार्थीहरू फेरि पेट दुख्यो भन्दै ‘कम्प्लेन’ गर्न थाले । शिक्षकले फेरि अरु गाडीको व्यवस्था गरेर अस्पताल लगे । एकएक गर्दै ४ वटा गाडीमा २९ विद्यार्थीलाई पालैपालो अस्पताल पु¥याइयो ।

20180814_174255

‘बिहानको प्रेयर सकिनासाथ विद्यार्थीहरूले पानी खाएपछि समस्या भएको गुनासो गरे । अनि हामीले तत्काल गाडी खोजेर अस्पताल पु¥यायौँ’, सोही विद्यालयका शिक्षक थानेश्वर गौतमले भने, ‘अरु विद्याथीलाई सोध्दा आफूलाई केही भएन भने पनि पछि बिरामी हुन थाले । फेरि हामीले अरु गाडी मगाएर अस्पताल पु¥यायौँ ।’

पानी खाएका सबै विद्यार्थी बिरामी परेपछि विद्यालयले साढे १० मै बिदा दियो र बिरामी विद्यार्थीहरूलाई अस्पताल लान थाल्यो । पानी खाएर सम्पर्क नगरी घर गएका विद्यार्थी र अभिभावकहरूलाई सचेत गराउन केही समय विद्यालयले माइकिङ पनि ग¥यो । स्थानीय सारुनी मगरको मलामी गएका कारणले घटना थाहा नपाएका अभिभावकहरूलाई पनि विद्यालयले खबर ग¥यो ।

20180814_174127

सायप्रिन नामक बिष बायोफिल्टे«ड पानीमा हालेको पाइयो
श्री माविसँगै सोही क्षेत्रको जाँते बजारका स्थानीयले लेटाङ–८ को बाबेनी भन्ने स्थानको मुहानको पानी खान्छन् । अन्य सबैतिरको पानी खानेलाई केही भएन । विद्यालयको पानी, त्यो पनि बायोफिल्टे«ड पानी खाने विद्यार्थीहरू भने एकएक गरी बिरामी भए ।

बायोफिल्टे«ड पानी भनेको मुहानबाट आएको पानी प्राकृतिक रूपमा शुद्ध गरी छानेर आएको पानी हो । यो प्रविधि जडानमा सिद्धविनायक कीर्तन मण्डली र श्री माविका शिक्षक तथा विद्यालयको १ लाख ४० हजार बराबरको आर्थिक योगदान रहेको छ ।

20180814_174302

सायप्रिन नामक एक कीटनाशक बिष बायोफिल्टे« ट्याङ्कीमा हालिएको विद्यालयले फेला पा¥यो । ट्याङ्कीका २ ढकनीमध्ये एउटा खुकुलो भएकाले सोही ढकनी हुँदै ट्याङ्कीमा विष हालिएको देखिएको छ । २ तलाको विद्यालय भवनको भ¥याङको दाहिनेतर्फ ट्याङ्की भएकाले विष हाल्नेले सहजै हाल्न सकेको स्थानीयको अनुमान छ ।

कसले हाल्यो विष ?
स्थानीय पुण्यप्रसाद सापकोटा, विद्यालयका प्रधानाध्यापक खेम दुलाल, शिक्षक थानेश्वर गौतम, लेटाङ प्रहरी प्रमुख योगप्रसाद खतिवडाले कसले विष हाल्यो भन्ने अझै थाहा नभएको बताएका छन् । तर, केही स्थानीयले भने विद्यालयको पानीमा विष कुनै विद्यार्थीलाई कसैले हाल्न लगाएको हुन सक्ने बताए ।

20180814_173950

नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, ‘विद्यार्थीहरू फटाहा होलान् तर पसलमा गएर विष किनेर आफँैले खाने पानीको ट्याङ्कीमा हाल्ने कुरा असम्भव छ । कसैले परिचालन गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’

४ विद्यार्थी आइसियुमा २५ घर फर्के
२९ विद्यार्थीले विष हालेको पानी खाएर बिरामी भएकोमा २५ जना घर फर्केका छन् । तर, ४ विद्यार्थी भने विराटनगरको नोबेल अस्पतालमा उपचाररत छन् । विद्यार्थीहरू खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापा उपचाररत छन् ।

20180814_173936

बाँकी विद्यार्थी भने उर्लाबारीको मङ्गलबारे अस्पतालबाट उपचारपछि घर फर्केका छन् । उनीहरूको उपचारमा सक्रिय रहेका चिकित्सक धनबहादुर श्रेष्ठका अनुसार सिर्जना निरौला, चेतन खड्का, महेश राई, रिजन सेन्चुरी, युरिन लिम्बू, मनिष थापा र रितिस लिम्बू घर फर्केका छन् ।

त्यस्तै, अनिस राई, उर्मिला लिम्बू, क्रितिना लिम्बू, प्रतिमा इङनाम, सिप्रा लिम्बू, रुपा लिम्बू पनि घर फर्केका छन् । प्रभा लिम्बू, हर्कबहादुर बिक, अमिर पौडेल, धिरज लिम्बू, सुन्दर राई, उज्ज्वल मग्राँती, महेश राई, गोमा गजमेर पनि घर फर्केका छन् । राजन सेन्चुरी, पर्वत मगर, भुवाहाङ लिम्बू र रुबा लिम्बू पनि उपचारपछि घर फर्किसकेका छन् ।

20180814_173743 20180814_171546 20180814_174452 20180814_175038 20180814_175219 20180814_175211