इटहरीः कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा भएको फाइनलमा कोशीले गण्डकी प्रदेशलाई ५–३ गोलले पराजित ग¥यो ।
कोशीका लागि मनोज चौधरीले २ तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान १–१ गोल गरे । गण्डकीका अशिम बहिकले २ तथा पवन परियारले १ गोल गरे । कोशी मनोज चौधरी फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उपाधिसंगै कोशीले ३० हजार तथा गण्डकीले २० हजार नगद पुरस्कार पाए ।
बागमती प्रदेश हक्की संघद्वारा आयोजित प्रतियोगितामा कोशीका रोशन चौधरी उत्कृष्ट खेलाडी चुनिए । गण्डकीका पवन परियार उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी बने । प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता भए ।
विजेतालाई पूर्व मन्त्री महेश बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले उद्घाटन गरेकी थिइन् । एकदिने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम गरी ६ टिम सहभागी थिए ।