इटहरीः आईटीएफ तेक्वान्दो खेलाडी रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् । जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा रुपसिंहले नेपालबाट सहभागीता जनाउने भएका हुन् । न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।

बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले तामाङलाई बिदाई गरेका छन् । उनी शुक्रबार न्युजिल्याण्ड प्रस्थान गरेका छन् । आईटीएफ तेक्वान्दो पाँचौं डान रहेका तामाङले आईटीएफको दुई वल्ड च्याम्पियनसिपमा सहभागीता जनाईसकेका छन् ।