इटहरीः दुई पटकको विजेता मोरङको सुन्दरहरैंचाको सगरमाथा क्लब इटहरीमा जारी १४ औँ कन्ट्रोल इटहरी गोल्डकपको सेमीफाइनमा पराजित हुँदै स्तब्ध भएको छ ।  सगरमाथा क्लबलाई साविक उपविजेता बनेको त्रिभुवन आर्मी क्लब काठमाडौंले पेनाल्टि सु्टआउटमा स्तब्ध बनाएको हो । योसँगै आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित सो प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी ३–२ गोल अन्तरले विजयी भएको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए ।

FB_IMG_1711592303840

बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्रदान गरिएको थियो । आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने आयोजक संस्थाका अनुरोध थापाले जानकारी दिए ।