इटहरीः कन्ट्रोल लुब्रिकेन्ट मुख्य प्रायोजक रहेको १४ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत बुधबार साँझ पहिलो सेमिफाईनल खेल हुँदैछ । 

इटहरी स्थित कोशी प्रदेशकै ठूलो र व्यवस्थित रंगशालामा साँझ ६ बजे इटहरी गोल्डकपको लगातार २ वटा प्रतियोगिताको विजेता बनेको सगरमाथा युथ क्लब शुन्दरहरैचा मोरङ र सोही क्लबसँग उप विजेता बनेको विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बीच रोमान्चक खेल हुने प्रतियोगिताका संयोजक अनुरोध थापाले जानकारी दिए । 

सगरमाथाका खेलाडीलाई २ पटक विजेता बनेको साख जोगाउन चुनौति छ भने आर्मी क्लबका खेलाडिहरुलाई यसअघि गुमेको साख फर्काउन पहिलो सेमिफाइनलमै सगरमाथालाई रोक्न दवाव सृजना भएको छ । सोही कारणपनि आजको खेल ज्यादै रोमान्चित हुने थापाको भनाई छ । FB_IMG_1711517098582

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले मंगलबार एनआरटीलाई पराजित गर्दै १४ औं कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको थियो ।