इटहरीः नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा मंगलबार स्वर्ण जितेका छन् ।

थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण जितेका थिएनन् ।

5

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धी मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो । यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । पलिस्था र सञ्जयले भने एमेच्योरतर्फ स्वर्ण जितेका   थिए ।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी छन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी हुन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते ।

3 1