काठमाडौंः एमेजिङ मुवाँथाइ विश्व महोत्सवमा सहभागी हुन ४ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।
फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४० केजीमा गेन्जो राई, ५७ केजीमा विक्रम राना मगर र अक्षत चौधरी तथा ६० केजीमा कोसन राई सहभागी हुने छन् । प्रशिक्षकमा राजु राई तथा अफिसियलमा दीपक तामाङ, सुरेन्द्र लामा, रिसाल गुरुङ, मिनबहादुर गुरुङ र मिलन श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आर्थिक प्रशासन शाखाका प्रमुख रिखीराम पोख्रेल र कानून शाखाका प्रमुख नारायणराज अर्यालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।