बेलबारीः बेलबारीमा पहिलो पटक बेलबारी क्लव कप फुटवल प्रतियोगीता हुने भएको छ । बेलबारी नगरपालीका क्षेत्र भित्र रहेका आठ वटा टिमको सहभागीता रहने उक्त गोल्डकप पुस १४ गतेदेखी सुरुहुने आयोजकले जनाएको छ ।

  एम्रियो युवा क्लवको आयोजनाको हुने नकआउट फुटवल प्रतियोगितामा  डांगिहाट युथ क्लव, डाँगिहाट फुटवल क्लव, बाहुनी फुटवल क्लव, बिएम एकेडेमी बोराबाँध, एम्रियो युवा क्लव, बेलबारी फुटवल क्लव, लालभित्ती फुटवल क्लव, बेतना युनाईटेड फुटवल क्लव गरी जम्मा आठ टिमको सहभागिता रहने खेल संयोजक विमल लिम्बुले जानकारी दिए ।

खेल स्थानीय खेलाडिलाई प्रवर्दन गर्ने उद्धेस्यले बेलबारी ८ एम्रियो खेल मैदानमा संचालन हुनेछ ।  उक्त फुटवल प्रतियोगिताको बिजेता टिमले नगद पचास हजार सहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने उपबिजेता टिमले नगद तिस हजार सहित ट्रफि र प्रमाणपत्र पाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । त्यसैगरी प्रत्येक दिन खेलको म्यान अफ द म्याचले नगद २ हजार र खेल अवधिभरका बिभिन्न सिरीजमा खेलाडिलाई ३ हजारका दरले प्रदान गरिने छ ।