ओखलढुङ्गाः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट पक्राउ गर्ने पुर्जी प्राप्त गरेको प्रहरीले मंगलबार सिद्धिचरण नगरपालिकाबाट धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

जिल्ला अदालतबाट सात दिनको म्याद लिई धमलालाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । धमलाले फेसबुकमार्फत स्टाटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।