काठमाडौंः  एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट  गुमाईसकेको छ ।

पाकिस्तानले दुवै ओपनर गुमाएको हो । अहिले पाकिस्तानले २३।४ ओभरका दुई विकेटको क्षतिमा १११ रन बनाएको छ । नेपालका लागि करण केसीले पाकिस्तानको विकेट लिए । पाकिस्तानका फखार जमान १४ रनमा आउट भए । इमाम उल हक पाँच र मोहम्मद रिजवान  ४४ रन जोड्दै रन आउट भए ।

पहिलो पटक पाकिस्तानसँग खेलेको नेपाल आज ऐतिहासिक जित निकाल्ने दाउमा छ । यता पाकिस्तान पनि नेपाललाई पन्छाउँदै सेमिफाइनलको यात्रतर्फ लम्कँने अभियानमा छ । 

नेपालले बुधबार समूहको पहिलो खेल पाकिस्तानसँग खेलेपछि अर्को खेल सेप्टेम्बर ४ तारिख भारतसँग श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो ।