प्रकाश बन्जारा 

 इटहरीः व्यावसायी भिमबहादुर पौडेल समूहको लगानीमा बनेको इटहरीको पाँच तारे होटल बुधबार (जेष्ठ ३ )गतेबाट सञ्चालनमा आउने भएको छ । 

मंगलबाट होटलमै एक पत्रकार सम्मेलनको आयोजना गर्दै होटलको व्यवस्थापक सोल्टिले बुधबारबाट होटल औपचारिक रुपमा सञ्चालन गर्न लागेको बताएको हो । 

सोल्टी होटल लिमिटेडअन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ नाम दिइएको यस होटललाई काठमाण्डौको तारे होटल सोल्टि ब्राण्डले सञ्चालन गर्न लागेको हो । भोली जेठ ३ गतेबाट संचालनमा आउने यो होटलमा ८० वटा विभिन्न ४ क्याटागोरीका रुमहरु रहेका छन् ।   सोल्टिको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल हुनेछ।  सोल्टिले काठमाण्डौ पछि चितवन , नेपालगन्ज र इटहरीमा ब्राण्ड होटल चलाईरहेको छ । 

347385275_1095612901395299_1284634359157578894_n

भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा ल्याउन लागिएको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईँले पत्रकार सम्मेलनमा जानकारी दिए । 

पूर्वका पर्यटकिय क्षेत्र र भारतीय पर्यटकका साथै कोशी प्रदेश घुम्न आउने जो कोहीका लागि पनि प्रदेशकै तेस्रो पाँच तारे होटलको रुपमा सोल्टिले आफ्नो ढोका खोलेको उपाध्यक्ष चापागाई बताउँछन् । 

होटल निर्माता कम्पनी गरिमा होटल प्रालिका अध्यक्ष भिमबहादुर पौडेलले होटलमा हालसम्म २ अवर््ा हाराहारीको लगानी भएको जानकारी दिए । 

345791654_802666944550068_9208476572091056628_n

आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो।

कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ८० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।

कम्पनीका अनुसार दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभीन्न सुविधा रहेको छ।

होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा सेवा संचालन गर्ने उनले जानकारी दिए। इटहरी आफैंमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने होटलका निर्देशन सिनेट रिजालले बताए । 

होटलमा ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ ।   १०० जना क्षमताको फाइन डाइनिङ र  ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी रहेको छ भने एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल समावेश गरिएको छ। होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा राखिएको जनाइएको छ।

outdoor