जनकपुरधामः जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेययक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । 

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसंग क्ुरा गर्दै यादवले दुई पटक दुवै संसदबाट पारित भएको विधेयक स्वतः कार्यान्वय हुनुपर्नेमा विभिन्न कारण देखाएर हालसम्म अडकाएर राख्नु खेदजनक रहेको भन्दै तत्काल प्रमाणीकरण हुनुपर्ने माग गरे । 

त्यस्तै भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाई छ । 

‘यो घटनामा छानबिन भैरहेको छ , छानबिन निष्पक्ष र पूर्ण हुनुपर्छ ।’ यादवले भने । 

उनले मधेस प्रदेश सरकार पुर्नःगठन चाँडै हुने पनि बताएका छन् । केन्द्रमा भएको समझदारीको आधारमा प्रदेश सरकार फेरबदल तथा पुर्नःगठनको लागि कुरा भैरहेको उनको खुलासा छ । 

यादवले प्रदेश एकको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र जनताको मागलाई सम्बोधन गरेर पहिचान सहितको  प्रदेश नामाकरण गर्न सरकारलाई सुझाव दिए । उनल जनताको उचित मागलाई सम्मान गरि आन्दोलनरत पक्षसंग वार्ता गरेर आन्दोलनरत पक्षको न्यायोचित सवालाई राज्यले सम्वोधन गर्नुपर्नेे बताएका हुन् ।