काठमाडौंः  विनिता पुनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय शतकको सहयोगमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले भारतीय टोलीमाथि शानदार जित हात पारेको छ । 

दोस्रो नेपाल – भारत टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखला अन्तर्गत मंगलबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीले भारतीय टोलीलाई ८ विकेटले हराएको छ ।  टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको  क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो ।   भारतका ५ खेलाडी रन आउट भएका थिए भने विनित पुन र निशा चौधरी समान एक÷एक विकेट लिएका थिए । जवाफी व्यटिङ्गमा  नेपालले २ विकेटको खर्चमा लक्ष्य पार गरेको थियो । नेपालको लागि प्लेयर अफ द सिरिज विनिता पुनले विस्फोटक व्यटिङ्ग गर्दै ५७ वलको सामना गर्दै १७ चौकाको सहयोगमा नटआउट १ सय ११ रन प्रहार गरेकी थिइन् । उनी नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६  बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका थिए ।