अस्ट्रेलियाः अस्ट्रेलियामा २०२३ को दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कप आयोजना हुने भएको छ । अप्रिल ९ बाट सुरु हुने प्रतियोगितामा रोयल डाँफे क्रिकेट क्लब, युवा, माभेन स्वान्स क्रिकेट क्लब र एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुनेछ । 

गत वर्ष २०२२ मा समेत यही ४ टिमबिच रोचक प्रतिस्पर्धा भएको थियो र यसलाई प्रत्येक वर्ष आयोजना गर्ने निर्णय अनुसार फ्रेन्डसिप क्रिकेट कप आयोजना गरिएको बताइएको छ । प्रतियोगिता कोकर पार्क क्यानिङटनमा हुनेछ । प्रतियोगिता टुनामेन्ट लिग चरणमा खेलाइने बताइएको जहाँ सबै टिमहरूले एक एक खेलमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । 

तालिका अनुसार शीर्ष दुई टोलीहरू फाइनलमा पुग्नेछन्,  ।  वर्षाको कारण खेल प्रभावित नभएको खण्डामा फाइनल खेल अप्रिल ३० हुनेछ । 

२०२२ को संस्करणमा रोयल डाँफे क्रिकेट क्लबले एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो। रजिंत श्रेष्ठको उत्कृष्ट अर्धसत्तकको मद्दतमा डाँफेले १८ औँ ओभरमा १३२ रनको लक्ष्य पछ्याउन सफल भएको थियो । त्यस्तै, डाँफेका ओमकार मैनाली र नीरज केसीले क्रमशः उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान सहित प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड जितेका थिए । 

प्रतियोगिताको पहिलो संस्करणको उपविजेता एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबले दोस्रो संस्करणको प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

आयोजक एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबका अध्यक्ष शेखर घिमिरेका अनुसार विदेशमा रहेर पनि नेपाली नेपालीहरू बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रेन्डसिप क्रिकेट कप आयोजना गरिएको बताए । सबै टिमहरू उत्साहित हुनुहुन्छ अब हेरौँ जित कसको पोल्टामा पर्ने छ ।

338514031_4190346134524291_6435971680588349683_n

यो संस्करणको प्रतियोगितालाई टाइटल प्रायोजक एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेसले गरेको छ । जो होस्ट क्लबको वार्षिक टाइटल प्रायोजक पनि रहेको छ। 

प्रायोजक एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेजका अध्यक्ष याम केसीले खेलकुदका माध्यमबाट अस्ट्रेलियामा रहेका नेपाली समुदायको एकजुट हुने मौका प्रदान गरेको बताए । साथै वहाँले प्रतियोगितामा सहभागी टिमहरूलाई शुभकामना समेत दिए । 

अध्यक्ष केसीले एभरेस्ट ग्लोबल एजुकेसन भिसाको स्थापना २०१६ मा  भएको जानकारी दिँदै यसको उद्देश्य विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा, भिसा र माइग्रेसन सेवाहरू प्रदान गर्ने भएको बताए ।  यसको नेपालमा भने काठमाडौँ, पोखरा र बेनीमा शाखा कार्यालयहरू छन् ।  सन् २०२० देखि अस्ट्रेलियामा यसले सेवा सञ्चालन गर्न थालेको केसीको भनाई छ ।  अस्ट्रेलियामा भने यसको शाखा कार्यालय १०२ जेम्स स्ट्रिट, नर्थब्रिज, ६००३ मा अवस्थित छ।

यस प्रतियोगिताको गोल्ड प्रायोजक र फुड पार्टनर वेस्टर्न अस्ट्रेलियाको पहिलो नेपाली बार डे भट्टीले गर्ने भएको छ ।  ५५० ब्युफोर्ट सेन्ट, माउन्ट लाली, डब्ल्यूए, ६०५० मा अवस्थित, डी भट्टीले केही महिना अघि मात्र स्थापना भएयता नेपालीहरू माझ निकै लोकप्रिय बनेको छ । 

प्रतियोगितालाई डिर्सन ड्राइभिङ स्कुल, साशा इन्टरटेनमेन्ट र मोमो प्लानेटले पनि सहयोग गरेको छ । फ्रेन्डसिप क्रिकेट कप आयोजना गर्नको लागि सम्पूर्ण तयारी भइसकेको समेत आयोजकले जानकारी दिएको छ ।