इटहरीः इटहरीको प्रादेशिक रंगशालामा सञ्चालन भइरहेको कन्ट्रोल इटहरी गोल्डकपमा आज (मंगलबार) हुने चौथो –अन्तिम) क्वाटर फाइनल खेलमा रोलिङ्ग क्लव झापाले बिभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । 

क्वाटर फाइनलको अन्तिम दिनमा मंगलबार रोलिङ्ग क्लब आर्मीको सामना गर्ने भएको हो । 

दिनको तीन बजेबाट इटहरी रंगशालामा सञ्चालन हुने खेललाई चासोका साथ हेरिएको छ । बिभागीय टिम  त्रिभुवन आर्मी क्लब इटहरी गोल्डकपको साविक उपविजेता समेत हो । 

इटहरी गोल्डकको १२ औँ संस्करणमा सगरमाथा युवा क्लव मोरङ्गसँग हार व्यहोरेको आर्मी झापा गोल्डकपको विजेता समेत हो । आज हुने चौथो क्वाटर फाइनलमा विजय गर्ने टिमले सेमिफाइनलमा काठमाण्डौको चर्च व्याइजको सामना गर्ने छ । 

चैत्र ११ गते सम्म चल्ने इटहरी गोल्डकपमा विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पाउने छन् भने हरेक दिन टिकट काट्ने दर्शकमध्येबाट भाग्यशाली दर्शकलाई पुरस्कार समेत प्रदान गर्दै आएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।