इटहरीः इटहरीमा जारी इटहरी गोल्डकप प्रतियोगिताको दोस्रो क्वाटर फाइनलको खेलबाट आयोजक राष्ट्रिय जागृती क्लव बाहिरिएको छ । 

कठमाण्डौको चर्च ब्वाइज युनाइटेडसँग भएको आइतबारको दोस्रो क्वाटर फाइनलमा ० को विरुद्ध २ गोल खाँदै आयोजक बाहिरिएको हो । 

चर्च ब्वाइजको तर्फबाट पहिलो हाफमा खेलाडी आसिस चापागाईले एक गोल गरेका  थिए भने पछि मात्रै मैदानमा प्रवेश गरेका जर्सी नम्बर ७ का खेलाडी मौसम लिम्बुले दोस्रो हाफमा एक गोल गर्दै आफ्नो टिमलाई २ – ० को अग्रता दिलाएका थिए । 

आयोजक राष्ट्रिय जागृती क्लवको तर्फबाट गरेको गोल प्रयासहरु सफल हुन सकेका थिएनन् । शनिबारदेखि शुरु भएर आगामी ११ गतेसम्म चल्ने इटहरी गोल्डकपमा ८ वटा टिम सहभागी भएका छन् । 

336768247_567499325417279_4839963981596872654_n

आइतबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइज युनाइटेडको तर्फबाट जर्सी नम्बर ३२ का खेलाडी प्रशान्त लक्सम घोषित भए । म्यान अफ द म्याचले दश हजार नगदका साथमा मेडल प्राप्त गरेका थिए ।

 म्यान अफ द म्याचको पुरस्कार इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले प्रायोजन गरेका थिए । सो पुरस्कार पुरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरिक्षक माधव प्रसाद काफ्लेले संयुक्त रुपमा हस्तान्तरण गरे । सोमबारको खेल भारतको कञ्चनजङ्गा फुटवल क्लब र मछिन्द्र फुटबल क्लब काठमाण्डौबिच हुने आयोजकले बताएको छ ।