उदयपुरः उदयपुरको कटारी नगरपालिका(४ स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सुक्रबार दिउँसो बा ५ ख ४६५३ नम्वरको टिफरले प्रदेश २–०१–०१९प ३९१५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिक ७ मोरङका २१ बर्षीय सुधिर कुमार मण्डललाई उपचारको  लागि कटारी अस्पताल लगिएकोमा उनको अस्पतालमा र्पुयाउना साथ मृत्यु भएको हो । 

ठक्कर दिने टिफर र चालक कटरी ४ का उमेश सदालाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।