प्रकाश बन्जारा 
इटहरीः रामधुनी नगर व्यावसनको आयोजनामा सञ्चालन भएको स्पोर्टस मिट २०७९ को महिला तर्फको भलिवल प्रतियोगिताको उपाधि रामधुनी ५ मा रहेको नमुना सामुदायिक विद्यालयको पोल्टामा परेको छ ।
शनिवार रामधुनी ७ स्थित पन्चायन विद्या मन्दिरको मैदानमा भएको प्रतियोगितामा पन्चायनलाई हराउँदै नमुना सामुदायिक विद्यालयले महिला भलिवलको उपाधि जितेको हो ।

बेष्ट अफ ३ मा भएको प्रतियोगिताको पहिलो सेट जितेको पन्चायनले दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो । महिला भलिवलमा तेस्रो स्थान रामधुनी ५ को नवकिरण इंग्लिस स्कुलले हात पारेको थियो ।
यस्तै गरी पुरुष भलिवलको उपाधि नवकिरण इंग्लिस स्कुलले लगेको छ । नवकिरण इंग्लिस स्कुलले प्रतिस्पर्धी माउन्ट समिट वर्ड स्कुललाई तीन वटै सोझो सेटमा हराउँदै जित निकालेको हो । पुरुष तर्फ भएको प्रतियोगिता वेष्ट अफ फाइभ सञ्चालन गरिएकोमा नव किरणले माउन्ट समिटलाई सोझो सेटमा हरायो । पुरुष भलिवलमा तेस्रो स्थान व्रिलियन्ट इंग्लिस स्कुलले पाएको थियो ।

खेलमा वेस्ट सेटरमा माउन्ट समिटका छात्र दिपेश चौधरी घोषित भए भने बेस्ट स्पाइकरमा माउन्ट समिटका सन्देश चौधरी, वेष्ट डिफेन्समा नव किरणका राज कार्की, वेष्ट सरभरमा नवकिरणकै अनिश खड्का, वेष्ट व्लकरमा ब्रिलियन्टका उज्वल चौधरी र सर्बोत्कृष्ट खेलाडीमा नविकिरणका सुशिल खत्री घोषित भएका थिए ।
यस्तै छात्रा तर्फको वेष्ट सेटरमा पन्चायन विद्यामन्दिरकी लिडिया माझी, वेष्ट स्पाइकरमा पन्चायनकै रुकसना राई, वेष्ट डिफेन्समा नमुना सामुदायिककी दिया चौधरी, बेस्ट सरभरमा नमुनाकी स्नेहा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा नमुनाकी लिजा चौधरी घोषित भएका थिए ।
बिजेता टिमका खेलाडी तथा वेष्ट क्याटगोरीमा पुरस्कार पाउने खेलाडीलाई भलिवल प्रतियोगिता समापन समारोहका प्रमुख अतिथी रामधुनी ७ का वडा अध्यक्ष केशव गौतम, रामधुनी नगरप्यावसनका अध्यक्ष अच्युत ढकाल, प्रदेश प्यावसनका सदस्य उमेश थापा तथा जिल्ला प्यावसनका उपाध्यक्ष रमेश कार्की लगातले मेडल प्रमाणपत्र तथा सिल्ड प्रदान गरेका थिए ।

भलिवल प्रतियोगिताका संयोजक दिपेन्द्र विष्ट, रामधुनी प्यावसनका सचिव हरि रायमाझी, एलइएस स्कुलका प्रद्यानाध्यापक बाबुराम खड्का लगायतका उपस्थिती रहेको थियो । नगर प्यावसनका सह सचिव विकास विष्टले सन्चालन गरेको कार्यक्रममा नव किरण स्कुलका प्रद्यानाध्यापक इश्वर पौडेल, आरम्भ विद्या मन्दिरका सन्चालक अनिस उप्रेती, नमुना सामुदायिकका प्रताप शाही ठकुरी समेतको उपस्थिती रहेको थियो । प्यावसनले जिल्ला तथा प्रदेश भलिवलका प्रशिक्षक तथा रेफिहरुको सहभागितामा सञ्चालन भएको भलिवल प्रतियोगितामा रेफ्रिहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        