इटहरीः कतार विश्वकपमा सेमिफाइनल संस्करण आज मंगलबार सम्पन्न हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा फ्रान्स र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । 

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।

फ्रान्स विश्बकपको साविक बिजेता हो भने अफ्रीकन राष्ट्र मोरक्को महिलो पटक सेमिफाइनल सम्मको यात्रामा छ ।  यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ भने  मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । 

दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।