इटहरीः अर्जेन्टिना फुटवल टिमका क्याप्टेन लियानल मेसीले यो विश्वकपको फाइनल खेलसँग आफ्नो अन्तराष्ट्रिय खेल यात्रा सकिने सक्ने संकेत गरेका छन् । 

मंगलरबार राति भएको खेलमा क्रोसियलालाई ३–० ले हराएपछि फाइनलको यात्रामा आफ्ना देशलाई लगेका मेसिको यस्तो भनाई आएको हो । उनले विश्वकपका लागि आफ्नो यो नै अन्तिम खेल हुने मेसिको संकते थियो । अर्को विश्वकप आउन समय लाग्ने भन्दै उनले जारी विश्वकमा सानदार फाइनल खेलेर विदा हुने संकेत देखाएका छन् । 

विश्वकपको मैदानमा ११ औँ पटक खेलेका लियोनल मेसी अजेन्टिनाको लागि मात्र नभएर विश्वकै लागि फुटवल लिजेन्ड मानिन्छन् । 

‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’ मेसिले भनेका छन् । अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन् । 

‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ मेसिलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।