इटहरीः मोरक्को फिफा विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सनिवार पोर्चुगललाइ १ गोलले हराउँदै मोरक्को सेमीफाइनल  पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । 

 दोहाको अल थुमा रंगशालमा शनिबार राति सम्पन्न क्वार्टफाइनल खेलमा युरोपिन राष्ट्र पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । 

यसअघि अफ्रिकी देश तीनपटक क्वार्टरफाइनलबाटै बाहिरिएका थिए। सन् १९९० को विश्वकपमा क्यामरून, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टरफाइनलबाट बाहिरिए।

मोरक्कोलाई पहिलोपटक सेमिफाइनलमा र्पुयाउन युसुफ एन(नेसरीले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।  याह्या अटियाटको पासमा नेसरीले हेडमार्फत् गोल गरेका थिए ।  योसँगै उनी जारी कतार विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।  उनले यस प्रतियोगितामा तीन गोल गरेका छन् ।

FB_IMG_16706876816421670687809

पोर्चुगलले खेलको ५१औँ मिनेटमा राफेल गुरेरोको स्थानमा क्रिस्टियानो रोनाल्डोलाई मैदान उतारेको थियो ।  रोनाल्डो मैदान छिरेपछि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानको बराबरी गरेका छन् ।  उनले कुवेतका बादर अल मुतावाको कीर्तिमान बराबरी गरेका हुन् । यो रोनाल्डोको १९६औँ अन्तर्राष्ट्रिय खेल हो। यद्यपि, उनले गोल गर्न भने सकेनन् ।   मोरक्कोको शक्ति तोड्न नसक्दा पोर्चुगल  विश्वकपबाट बाहिरिएको छ । करोडौं फ्यानको समर्थन पाएको पोर्चुगल उपाधि दाबेदार मानिएको थियो ।