धरानः राष्ट्रियस्तरको मुवाथाई प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

मुवाथाई खेलको प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी मुवाथाइ सङ्घले धरानमा आयोजना गरेको प्रतियोगितमा सुनसरीका मुवाथाई संघका सिदार्थ लिम्वु, ललितपुर मुवाथाइका सुमित देसाई, सिन्धुल्पालचोक मुवाथाइका फेजिमान गुरुङ्ग र सुवानि श्रेष्ठ र काभ्रे मुवाथाईका सन्तोष विश्वकर्मा च्याम्पियन वनेका हुन् ।

शनिबार सुनसरीका सिदार्थले ६३ केजि तौलमा रामेछापका मिनवहादुर मगरलाई पराजित गरे । ललितपुरका सुमितले ५७ केजि तौलमा दार्चुलाका तेजसिंह एरिलाई पराजित गरे भने सिन्धुल्पालचोककी फेजिमाया गुरुङ्गले ४८ केजि तौलमा सर्लाहिका अन्जना ढुङ्गेललाई पराजित गरिन् । 

20221210_172423

यस्तै, सिन्धुल्पालचोककै सुवानी श्रेष्ठले विपना जिसिलाई र काभे्रका सन्तोष विकले ७३ केजि तौलमा ललितपुरका सुजन महर्जनलाई पराजित गरेका थिए । तिन मिनेटको तिन राउण्ड खेलाइएको खेलमा सन्तोषले सुजनलाई पहिलो राउण्डमा नै नकआउट गरेका थिए ।

 प्रतियोगितमा विजेता खेलाडिहरुले नगद १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका थिए । प्रतियोगितामा उपविजेता खेलाडिले नगद  ५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

प्रतियोगितामा विजेता तथा उपविजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका निवर्तमान प्रमुख तिलक राई, मुवा थाई सुुनसरी सङ्घका अध्यक्ष एल्कोन मगर र धरान उपमहानगरका उपप्रमुख अइन्द्र वेघा पुरस्कार प्रदान गरे । प्रतियोगितमा मुवा थाई केन्द्रिय अध्यक्ष गणेश कक्षपति, सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगरलगायतको उपस्थििति रहेको थियो । राष्ट्रियस्तरको मुवाथाई प्रतियोगिता धरानमा पहिलो पटक भएको बताइएको छ । 

20221210_172503