इटहरीः कतारमा जारी फिफा विश्वकपको आइतबारको प्रतिस्पर्धाबाट इंग्ल्यान्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 

आइतबारको टप १६ प्रतिस्पर्धामा सेनेगललाई हराउँदै इंग्ल्याण्ड र पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेका हुन । 

अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।  टप १६ बाट क्वाटर फाइनलमा पुगेको इंग्ल्याण्डले सेमिफाइनलमा पुग्नको लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । 

पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।