इटहरीः कतार विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने १६ देशको टुङ्गो लागेको छ । शुक्रबार राती भएका ४ खेलको समापन संगै टप १६ को टुङ्गो लागेको हो ।  

८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका छन् । फिफा वर्डकप फुटवल प्रतियोगिताको  समूह ’ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । 

 समूह ’बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ’सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ’डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

यता समूह ’ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ’एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ’जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ’एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।   

 नकआउट चरणमा नेदरल्यान्ड्स सँग अमेरिका, अर्जेन्टिना सँग अष्ट्रेलिया, फ्रान्स सँग पोल्याण्ड तथा इंग्ल्यान्ड सँग सेनेगल , जापान सँग क्रोसिया, मोरक्को सँग स्पेन भिड्ने छन् ।

यस्तै पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।