इटहरीः  कतार विश्वकपमा इतिहाँसमै पहिलो पटक एसियाका तीन राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् । 

समुह चरणमा भएको कडा प्रतिस्पर्धालाई उछिन्दै दक्षिण कोरिया, जापान र अष्ट्रेलिया नकआउट चरणमा पुगेका हुन ।  यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेकोमा तीनले नक आउटमा स्थान बनाएका हुन  ।

317902207_1204906056772697_5043416355469572259_n

एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएसँगै एउटा इतिहास समेत निर्माण गरेका छन् । 

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।

कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

अव नक आउट चरण पार गर्नका लागि अष्टे«लियाले अजेन्टिना, जापानले क्रोयसिया र कोरियाले ब्राजिलसँग भिड्नुपर्ने छ ।

313210083_1844979862506760_3596168268022573900_n (1)