इटहरीः  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार भएको खेलबाट अमेरिका, इङ्गल्याण्ड, सेनेगल र नेदरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । 

मगलबार भएको खेलमा इरानलाई १ – ० ले हराउँदै अमेरिका टप १६ मा प्रवेश गरेको हो । अमेरिकाको लागि क्रिस्टियन पुलिसिचले खेलको ३८ औँ मिनेटमा एक गोल गरेका थिए । 

त्यस्तै गरी वेल्सलाई ३ गोलले पराजित गर्दै इङ्गल्याण्ड पनि टप १६ मा प्रवेश गरेको छ ।  भने सेनेगल इक्वेडरलाई २ –१ गोलको अन्तरले पराजित गर्दै सेनेगल पनि नकआउट चरणमा पुगेको छ । 

त्यसैगरी नेदरल्याण्ड आयोजक राष्ट्रलाई हराउँदै समुह विजेता बनेको छ । नेदरल्याण्ड समुह ए मा थियो ।