इटहरीः  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत  आज बुधबार अर्जेन्टिना विरुद्ध पोल्याण्ड सहित बुधबार चार खेलहरु हुँदैछन् ।

समूह ’सी’ र समूह ’डी’ मा रहेका आजका खेलमा जित्ने टिम सिधै टप १६ मा प्रवेश गर्ने भएका छन् । 

ब्ुाधबारको पहिलो दुई खेलमा समूह ’डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुने छन् यस खेलमा समूह ’डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सले जितेको खण्डमा ३ अंक जोडिने छ भने ट्युनिसियाले जिते नकआउट चरण प्रवेश गनेै छ । 

दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ ।नेपाली समयअनुसार राती १२ः४५ मा हुने खेलहरुबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।