धरानः  १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेका छन ।

मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउरालि चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेका हुन । 

पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्वु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए । साथै सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्लि पव्लिक र हिविकस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।

 दिल्ली पव्लिकले विष्णु स्कुललाई २–० र हिविकस स्कुलले नोवेल स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वुधावार देखि सुरु हुने सेमिफाइनल खेलमा पहिलो खेल विष्णु विरुद्ध वराह राइजिङ्ग र हिविकस विरुद्ध एक्वा एकेडेमि विच प्रतिश्पर्धा हुनेछ । मंगलवार भएको क्वाटर फाइनल खेलमा इमानुयलका विश्व राई र दोस्रो क्वाटर फाइनल खेलमा देउरालि चिल्ड्रेनका आमोस राई म्यान अफ द म्याच घोषित भए ।