इटहरीः कतार विश्वकपमा सोमबार राती भएको खेलमा उरुग्वेलाई हराउँदै उपाधि दावेदार मानिएको पोर्चुगलले टप १६ मा आफ्नो स्थान बनाएको छ । 

 कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको हो । 

सोमबार कतारको लुसाईल स्टेडियममा भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

खेलको ५४ औं मिनेटमा ब्रुनोले फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको थप  समयमा ब्रुनोले पेनाल्टीबाट  दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । 

यस जितसँगै पोर्चुगलले समूह ’एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।