इटहरीः जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा सोमबार राती भएको खेलमा ब्राजिलले स्विजरल्याण्ड विरुद्ध जित निकालेको छ । 

सोमबारको जितसँगै ब्राजिल टप  १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

अघिल्लो खेलमा घाइते भएका नेमार सोमबार मैदानमा आएनन् तर पनि ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । कासिमिरोले  खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ भने अव नकआउट चरणमा खेल्नेछ ।