इटहरीः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  आज मंगलबार हुने चार खेलमा जित्ने टिम नकआउट चरण प्रवेश गर्ने भएका छन् । 

मंगलबार हुने चार खेलमा समुह ए र समुह वी का दुई दुई खेल छन् । मंगलबारको पहिलो दुई खेलमा समूह ’ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार साँझ ८.४५ बजे हुने खेलमा समुहबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 

दोस्रो दुई खेलमा समूह ’बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।

नेपाली समयअनुसार राती १२ः४५ मा हुने खेलमा पनि  समूह ’बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।