इटहरीः कतारमा जारी फिफा विश्वकप फुटबलको आइतबारको खेलमा  क्रोएसियाले जित हासिल गरेपछि क्यानडा समुह चरणबाटै बाहिरिएको छ । 

दोहा स्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो ।

क्रोएसियाको लागि  आन्द्रेज क्रमारिचले दुई गोल मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरेका थिए भने   क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

जितसँगै समूह ’एफ’ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेपछि क्यानडा समुह चरणबाटै बाहिर जाने भएको छ ।