इटहरीः  फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत आज सोमबार उपाधि दावेवादर ब्राजिलको सहित चार खेलहरु हुँदैछन् ।

समूह ‘जी’र समूह ‘एच’का दुई दुई खेलहरु हुनेछन् तालिका सार्वजनिक भएको छ । 

सोमबारको पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार दिउँसो ३.१५ मा हुने उक्त खेलमा दुवै टिम पहिलो जितको लागि प्रतिस्पर्धा गर्ने भएका हुन । पहिलो खेलमा हारेका दुवै टिम समुह चरणबाट अंक जोड्दै अर्को चरणमा जान चाहान्छन् ।  

सोमबारको दोस्रो खेल दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल  साँझ ६ः४५ बजे सुरु हुनेछ 

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा उपाधि दावेदार  ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जित हासिल गरेका दुवै टिम दोस्रो जितको लागि प्रतिस्पर्धा गर्दैछन् । 

आजको चौथो अर्थात अन्तिम खेल पनि उत्तिकै रोचक र आकर्षक छ । उपाधि दावेदार मानिएको पोर्चुगल उरुग्वेसँग् घिड्दैछ । उक्त  खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।