इटहरीः कतार विश्वकपमा आज शुक्रबार नेदरल्याण्ड र इक्वेडरबिच प्रतिस्पर्धा हुँदैछ । 

विश्वको चर्चित रंगशाला कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार नेदरल्यान्ड्स र इक्वेडरबीच हुने खेल चासोको विषय बनेको हो । 

सेनेगललाई २ गोलले हराएको नेदरल्याण्ड र आयोजक राष्ट्र कतारलाई हराएको इक्वेडरबिच हुने प्रतिस्पर्धा भएकाले पनि यो खेल प्रति विश्वको ध्यान छ । 

दुबै टोली लगातार दोस्रो जितको योजनामा रहेका छन् । दुबै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सकिन्छ कि भन्ने लागेकाले पनि प्रतिस्पर्धा कडा हुने आंकलन गरिएको छ । 

नेदरल्यान्ड्सले र इक्वेडरको योे तेस्रो भिडन्त हो । तर, मुख्य प्रतियोगितामा दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।यस अघिका तीन खेलमध्ये २ खेल नेदरल्याण्डले जितेको थियो भने एक खेल बराबरीमा टङुगिएको थियो ।