इटहरीः फिफा विश्वकप फुटवल प्रतियोगितामा आज चार खेल हुने भएका छन् । कतारमा जारी ा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबारसमूह ‘ए’र समूह ‘बी’का दुई दुई खेलहरु हुने भएका छन् ।  

विश्वकपको पहिलो खेलमा आफ्नै घरेलु मैदानमा हार व्यहोरेको कतार सेनेगलसँग भिड्दैछ भने पहिलो खेलसमूह ‘बी’मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । 

पहिलो खेलमा ड्र खेलेको बेल्स र पहिलो खेलमा पराजित बनेको इरान दुवै आजको खेलमा जित चाहान्छन् भने पहिलो खेलमा हार व्यहोरेका कतार र सेनेगल पनि जितको योजनामा छन् । 

विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार रातको ९.४५ बजे हुने खेल दुवै टिमले पहिलो जित हासिल गरेका छन् ।  आजको जित हासिल गर्न सके सहज हुने दुवैको चाहाना छ । 

शुक्रबारै हुने चौथो खेल  इंग्ल्यान्ड र  अमेरिका बिच हुने भएको छ । नेपाली समय अनुसार रातको १२ः४५ बजे सुरु हुने खेलमा अमेरिका पहिलो पटक कतार विश्वकपको मैदानमा छ भने इङ्गल्याण्ड दोस्रो खेल खेल्दैछ  । इङ्गल्याण्डले पहिलो एक खेल जितिसकेको छ ।